२६ जेष्ठ २०८२ , सोमबार

बागमती प्रदेशसभा बैठक आज बस्दै, बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

News
७ जेष्ठ, काठमाण्डौँ ।

बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल हुने कार्यसूची रहेको छ ।

मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।