१५ असार २०८२ , आईतवार

किसानलाई सम्मानित जीवन सुनिश्चित गर्नुपर्ने डा. बाबुराम भट्टराईको भनाइ

News
१५ असार, काठमाण्डौँ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सजिलो, सुरक्षित र समुन्नत कृषि प्रणाली निर्माण गर्दै किसानलाई सम्मानित जीवन सुनिश्चित गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले “अन्नको भण्डार, कृषिप्रधान हाम्रो देशमा धान उत्पादन केवल जीविकोपार्जनको आधारमात्र होइन, हाम्रो सभ्यता, संस्कार र स्वाभिमानको प्रतीक पनि हो”, भनेका छन्।

पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर गर्दै, वैज्ञानिक, न्यायसङ्गत र आत्मनिर्भर कृषि नीतिको विकास नै समृद्ध नेपालको आधार बन्नुपर्ने उनको भनाइ छ