चितवन जिल्लामा लगाइएको मकैबालीमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ। जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार-पाँच जना किसान फौजी कीराको समस्या लिएर आउने गरेको कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानले बताइन्।
अधिकृत चौहानका अनुसार जिल्लाका हरेक क्षेत्रमा लगाइएका मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ। “यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी कीराको सङ्क्रमण नरोकिएको हो,” उहाँले भन्नुभयो। मकैको साना तथा ठूला बिरुवामा यो समस्या देखिने गरेको उनले बताइन्
जिल्लामा बाह्रै महिना मकै लगाइने गरिन्छ। “यहाँ कतै मकै पाकेको छ भने कतै लगाउँदै गरेका छन्। यामअनुसारको मकै र बेमौसमी मकैखेती हुने हुँदा यसको कीराको आक्रमण बढेको हो,” चौहानले भनिन् “जमिन खाली नहुँदा पनि समस्या बढ्दै गएको हो।” धानमा पनि फौजी कीरा देखिने भएकाले हरेक याममा मकैखेतीमा यसले आक्रमण गर्ने गरेको उनले बताइन्।
अमेरिकन फौजी कीरा पुतली वर्गको रात्रिचर कीरा हो। यसको लार्भाले बालीमा कोतरेर खान्छ र नोक्सान गर्दछ। मकैबाली मन पराउने यस कीराले मकै नपाए धान, गहुँ, कोदोलगायत बालीमा क्षति पुर्याउने जानकारी दिँदै बागबानी विकास अधिकृत चौहानले यस कीराको लार्भाले मकैको पात, गुभो, घोगा तथा डाठमा समेत क्षति पुर्याउने बताउनुभयो। यसले कलिलो अवस्थाको मकैको गुभोमा असर गर्छ भने बिरुवा बढ्दै गएपछि पातमा प्वाल पार्ने र छियाछिया बनाउने गर्छ।
चौहानले पुराना मकैका ठूटालाई आगो लगाएर जलाउन, मकै भाँचिसकेपछि खेतबारीलाई गहिरोसँग खनजोत गर्न, मकै उम्रेदेखि नियमित रूपमा खेतबारीको अवलोकन गरी कीरोका बारेमा बुझ्न र केही समय बारी खाली राख्न सुझाव दिइन्।
उहाँले मकैलाई कोसेबालीसँग अन्तर बाली लगाउँदा सङ्क्रमण कम हुने, पासोबालीको रूपमा नेपियर घाँसको प्रयोग गर्न र कीराको सङ्क्रमण देखिएमा नीमजन्य विषादी प्रयोग गर्न पनि सुझाव दिइन्।
Title:
American Fall Armyworm Infestation Detected in Maize Fields of Chitwan District
Slug:
american-fall-armyworm-infestation-chitwan-maize
Subtitle:
Chitwan district maize farms are facing a serious threat due to the infestation of American Fall Armyworm, causing concern among local farmers.
Description:
The maize fields in Chitwan district have been found to be infested by the American Fall Armyworm, a destructive pest that poses significant risks to crop yield. Local farmers are worried about potential losses and are seeking immediate measures to control the outbreak. Agricultural authorities are monitoring the situation closely.
Keywords:
Fall Armyworm Nepal, American Fall Armyworm Chitwan, maize pest infestation, Chitwan agriculture news, crop damage Nepal, pest control Nepal