६ असार २०८२ , शुक्रबार

पाकिस्तान र इरानबाट पाँच दिनमा १८ हजारभन्दा बढी अफगान नागरिक स्वदेश फर्किए

News
८ जेष्ठ, काठमाण्डौँ ।

पछिल्लो पाँच दिनको अवधिमा पाकिस्तान र इरानबाट तीन हजार ३१९ अफगान परिवारका १८ हजार ६४० जना नागरिक स्वदेश फर्किएका छन्। अफगानिस्तानको उच्च आयोगले यो जानकारी दिएको हो।

उनीहरू पूर्वी नान्गारहार प्रान्तको तोर्खम, दक्षिणी कान्धारको स्पिन बोल्दाक, पश्चिमी हेरातको इस्लाम कला, पश्चिमी निमरोजको अब्रिशम र दक्षिणी हेलमन्द प्रान्तको बह्रमचा सीमाबाट अफगानिस्तान प्रवेश गरेका हुन्।

उच्च आयोगका अनुसार उनीहरूलाई अस्थायी आवास, भोजन, पिउने पानी, आधारभूत स्वास्थ्य सेवा र आफ्नो प्रान्तसम्म पुग्न यातायात सुविधा उपलब्ध गराइएको छ।

हाल करिब सात लाख अफगान शरणार्थी विदेशमा बसोबास गरिरहेका छन्, जसमा अधिकांश अवैध रूपमा इरान र पाकिस्तानमा रहेका छन्। पाकिस्तान र इरानका सम्बन्धित अधिकारीहरूले गैरकानुनी रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई स्वदेश फर्कन अनुरोध गरेपछि उनीहरू स्वदेश फर्किन थालेका हुन्।