११ जेष्ठ २०८२ , आईतवार

६ एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान, पदस्थापन पनि

News
१७ बैशाख, काठमाण्डौँ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले भर्खरै अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ६ जना प्रहरी अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार आज बुधबार आईजीपी थापाले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

बढुवासँगै उनीहरूको पदस्थापन पनि गरिएको छ। चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), लालमणि आचार्यलाई कार्य विभाग, कृष्णहरि शर्मालाई प्रशासन विभाग, दानबहादुर कार्कीलाई मानव स्रोत विभाग, राजन अधिकारीलाई अपराध अनुसन्धान विभाग र मनोज केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ।