पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ।
२०५८ जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको भोजमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका भाइ धीरेन्द्र, र राजपरिवारका अन्य सदस्यहरूको हत्या भएको थियो। युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो।
दीपेन्द्र अर्ध मूच्र्छित भएकाले अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबी घोषणा गरिएको थियो। दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई राजा घोषणा गरिएको थियो।
तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको प्रतिवेदन दिएको थियो। तर, धेरै नेपालीले यसलाई स्वीकार गरेका छैनन्। पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो। योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ।