मिति २०८२।०२।२८ गते अन्दाजी १७:०० बजे बागलुङ जिल्लाकी १४ वर्षीया नाबालिका (परिवर्तित नामथर ०८१।०८२ बागलुङ ३७) आफन्तको घरबाट आफ्नो घरतर्फ फर्किने क्रममा जिल्लाकै एकान्त स्थानमा ३ जनाले पालैपालो सामूहिक बलात्कार गरेको घटना भएको थियो।
उक्त घटनामा संलग्न जिल्ला बागलुङ बडिगाड गा.पा. वडा नं. ८ बस्ने वर्ष ३० को यम प्रसाद श्रीस, ऐ.ऐ. बस्ने वर्ष २५ को गुण बहादुर श्रीस, ऐ.ऐ. बस्ने वर्ष ३५ को झमु श्रीस समेत ३ (तीन) जनालाई इलाका प्रहरी कार्यालय बुर्तिवाङ बागलुङबाट खटिएको प्र.नि. आनन्द बस्नेत समेतको प्रहरी टोलीले मिति २०८२।०३।०९ गते पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरू उपर पीडितको स्वास्थ्य परीक्षण रिपोर्ट, पीडितले मौकामा गरेको बयान, जाहेरी दरखास्त लगायतका प्रमाणहरुको आधारमा सम्मानित बागलुङ जिल्ला अदालत बागलुङबाट जबरजस्ती करणी गर्न नहुने कसुर मुद्दामा ५ (पाँच) दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको छ ।