१६ असार २०८२ , सोमबार

जुवा खेलिरहेको अवस्थामा ५० हजार नगदसहित ११ जना पक्राउ

News
१६ असार, काठमाण्डौँ ।

काठमाडौंको टोखा नगरपालिका-१० स्थित नवज्योति मार्गमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ५० हजार नगदसहित ११ जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले गए राति टोखा नगरपालिका-१० स्थित नवज्योति मार्गमा रहेको एक घरमा जुवा खेलिरहेको अवस्थामा नगद रु. ५०,००० र थान ४ तास बुकसहित ११ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूमा म्याग्दी मालिका गाउँपालिका ५ घर भइ तारकेश्वर नगरपालिका ४ बस्ने वर्ष ३७ की तिल कुमारी बुढा, गोरखा आरुघाट गाउँपालिका ७ घर भइ ऐ, बस्ने वर्ष ४२ को कृष्ण न्यौपाने, रसुवा कालीका गाउँपालिका ४ घर भइ ऐ. ५ हिलेटोल बस्ने वर्ष ४२ को गोबिन्द बहादुर तामाङ, नुवाकोट किस्पाङ गाउँपालिका २ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका सामाखुशी बस्ने वर्ष ३९ को जसबिर तामाङ रहेका छन् ।

यस्तै, गोरखा आरुघाट नगरपालिका ७ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १० गोंगबु बस्ने वर्ष ३७ को शंकर धिताल, म्याग्दी मालिका गाउँपालिका १ निस्कोट घर भइ ऐ, बस्ने वर्ष ६६ को शेर बहादुर पुन, नुवाकोट पंचकन्या गाउँपालिका २ घर भइ ऐ, बस्ने वर्ष ४० की लक्ष्मी न्यौपाने, झापा दमक नगरपालिका ३ घर भइ ऐ, बस्ने वर्ष ५० को बिमल अधिकारी रहेका छन् ।

त्यसैगरी, गोरखा आरुघाट गाउँपालिका ७ घर भइ ऐ. बस्ने वर्ष ४९ को खडक अधिकारी, गोरखा आजिरकोट गाउँपालिका ८ घर भइ ऐ, बस्ने वर्ष ४२ को कृष्ण सुनार र कास्की लेखनाथ नगरपालिका ३० घर भइ जिल्ला काठमाडौं टोखा नगरपालिका ३ बस्ने वर्ष ४८ की बास्मति गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ को म्याद थप अनुमति प्राप्त भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।