विषाक्त च्याउ खाएर बिरामी परेका इलामको माङसेबुङ गाउँपालिका–५ का एकै वडाका तीन जनाको ज्यान गएको छ। माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो।
बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए। मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र लावतीको आज बिएनसी अस्पतालमा मृत्यु भएको हो।