२९ जेष्ठ २०८२ , बिहीबार

बुझे पनि बुझ पचाउछौ तिमी?

News
२८ जेष्ठ, काठमाण्डौँ ।

बुझ्ने मन थियो तिमी सँग,
तर बुझ पचाएका छौ तिमी।l
मेरो मौनता बोलेको थियो,
तर कान ठप्प गरेका छौ तिमी।

शब्द त सुन्यौ, तर अर्थ पचाएछौ,l
आँशु त देख्यौ, तर पीडा छल्यौ।
मनको आकाशमा बादल लाग्दा,
तिमी भने रमायौ अरूको उज्यालोमा।

थाहा थियो  म खिन्न थिएँ,
तिमी नजिक भएर टाढा थियौ।l
प्रश्न त गरेँ, जवाफ पनि आयो,
तर त्यो उत्तर ‘माया’ होइन,
एउटा औपचारिकता जस्तो लाग्यो।

तिमीले थाहा पाएका थियौ,
तर बुझ्ने नाटकमा नबुझेझैँ गर्यौ।
साँचो भावना बोकेको यो मन
आज प्रश्न गर्छ 
किन?

किन तिमीले माया देखायौ,
जब तिमीलाई थाहा थियो,
म किन रोएकी थिएँ?

****

नेपाल स्काउट
देशको सेवा, समाजको नारा,
नेपाल स्काउट हाम्रो प्यारा।
सत्य, सेवा, भक्ति भाव,
हामी बाँच्छौं स्काउटको प्रभाव।

वनमा डुल्ने, अनुशासन पालन,
दया, करुणा, सहनशील व्यवहार।
झण्डा सम्हाल्दै गर्छौं सम्मान,
कर्तव्यमा सधैँ दृढ हाम्रो स्थान।

साहस, समर्थन, समर्पण शक्ति,
कसैको दुखमा गर्छौं साथ सधैं।
न्याय र प्रेमको शिक्षा लिई,
हामी बनौं असल नागरिक यही।

गर्व छ हामी स्काउट हौं,
देश र जनता साथमा छौं।
जहाँ जाऔं उज्यालो फैलाऔं,
नेपाल स्काउटको झण्डा फहराऔं।

****

"गणित नजान्नी  म"
गणितको पाना पल्टाएँ धेरै,
गन्न खोज्दा गुमाएँ मेरै।
गणना सधैं मिलेन मेरो,
उत्तर सधैं बन्थ्यो फेरो।

प्यारा भनेको प्रेमको सूत्र,
तर घटाउँदा आयो अधूरो व्युत्तर(उत्तरको उल्टो)।
गुणनफल थिए हाँसोका पल,
भाग गर्दा बाँकी रह्यो खाली मन।

कसरी मिलाऊँ अब यो हिसाब?
जहाँ प्रेम घट्दै, बढ्दै गयो खराब।
कापीमा आँसु, कलममा पीडा,
गणितको गल्ती भयो हृदयमा टाढा।

****

लाग्दो होला तिमीलाई

लाग्दो होला तिमीलाई 
किन गरें माया यस्तो जथाभावीसँग?
तर म त आत्मा देख्ने मान्छे,
रुपको पछाडि लुकेको सत्य चिनेको।

तिमीलाई त सायद लाज लाग्थ्यो,
साथीहरू अगाडि नाम जोड्न पनि डराउँथ्यौ।
तर मलाई गर्व लाग्थ्यो —
किनभने तिमी थियौ,
मेरो संसार, मेरो भगवानभन्दा पनि प्यारो।

आज तिमी टाढा छौ,
सायद अरू कोही 'सही' साथमा होला,
तर म अझै पनि त्यहीँ छु,
जहाँ माया साँचो थियो,
जुन मनले हैन, आत्माले गरेथ्यो।

****

आमा

ओठमा हाँसो, मुटुमा माया,
आमाको काखै स्वर्गको छाया।
संसारमा जे जे भेटिन्छ यहाँ,
आमाको स्थान त कहाँ?

****

रानीमहलको सम्झना

पाल्पाको फेदी, कालीगण्डकी किनार,
बसी छ रानीको सपना साकार।
पत्थर र प्रेमको संयोग जहाँ,
रानीमहल हो त्यो अनुपम थाँहा।

सुनसान साँझमा गुन्जिन्छ स्वर,
रानीको कथा, अघिल्तिर वर।
प्रेममा बनेको महल यो प्यारो,
शताब्दीपछिको पनि लाग्छ साँच्चै न्यारो।

ईँटमा लेखिएको छ भावनाको लेख,
जहाँ प्रेम अझै झल्किन्छ एक।
शिरमा हिमाल, मुटुमा कथा,
रानीको आँखा झैँ शान्त यो व्यथा।

समयले ढाक्न नसक्ने छाप,
रानीमहल हो प्रेमको माप।
भेट्न आउँछन् यहाँ मन लिएर,
पुराना दिन सम्झँदै, आँखा भिजाएर।

****

बिदेशी छोराछोरीको मायाको नजर

चाल्छन् टाढा देश परदेशमा,
तर दिल कहिल्यै टुट्दैन यहाँ।
आमाको मायालाई सम्झँछन् सधैं,
टाढाबाट पनि छिट्टै भन्छन् ‘माया गर्छु’।

समयले दूरी पार गरे पनि,
मायाको डोरी कहिल्यै नछुट्ला।
छोराछोरीको आँखामा आमाको छवि,
सपना र आशामा सधैं चम्किरहन्छ।

तिमी जहाँ पनि हौ, मायाको छाँया छ सधैं,
आमाको मन तिमीलाई कहिले नछोड्ने।

****

अनिश्चित प्रेम(Uncertain Love)


मैले उसलाई मन पराएँ,
शब्द नभनी मनमै बचाएँ।
ऊ पनि जस्तो लाग्थ्यो मेरी,
हृदय भित्रै बस्छे खेरी।

कहिले हाँस्छे, कहिले टाढा,
एक-दुई वर्ष, अनि त्यो सारा।
ब्लक गर्छे मनको बाटो,
भोलिपल्टै बोल्छे साचो।

कुन संकेत, कुन रहस्य?
माया हो कि खेलको अभ्यास?
तर मन त अझै ,
उसकै यादमा हरेक साँझ पग्लिन्छे(गलीन्छे) ।