हिजोसम्म बाबाको काखमा नखेली ननिदाउने म,
आज बाबाको काखमा दाग लाग्ने हो कि भन्दै टाढिँदै छु म,
हिजो सम्म स्वतन्त्र भइ हिँड्ने म,
आज कसैले छुन्छ कि भन्ने डरमा छु म !
तिमी इन्द्रेणी हौ भनी हजारौँलाई भनेछु
तर आफू धमिलो रङ्गमा परिवर्तन भएको थाहै पाइनँ छु ।
सपना थियो गुलाफको फूल हुने
तर, कस्तो दुर्भाग्य काँडा भइ जीवन जिउनु पर्ने
जीवन जिउनु भन्दा धेरै इज्जत बचाउन सिकाइयो
तर कस्तो युग यो, आफ्नै चेलीलाई दासी बनाइयो !
अब त यो शरीरको रसै सुकी सक्यो
अब त यो जीवनको आशै मरी सक्यो
घरबाट बाहिर निस्कँदा पल्लो घरे दाइको डर छ,
बाटोमा हिँड्दा निर्मला हुने मनमा डर छ,
अब त झनै डरै डरको सामना गर्नु पर्छ
जीवन यही हो भनी अघि बढनुपर्छ,
"खै कस्तो हो यो जीवन पनि "
कुमारी हुँदा छिमेकी काकाको डर,
विवाह भइ सक्दा नन्द र सासुको डर
छोरा मानिससँग बोल्दा छिमेकीले कुरा
लाइदिन्छन् कि भन्ने डर
बोल्न खोज्दा परिवारले मुख थुन्दिन्छन् कि भन्ने डर
केही गर्न खोज्दा विवाहको प्रस्ताव राखिदिन्छन् भन्ने डर !
विवाह भइ सक्दा आमा बन्ने सपना देखाई दिन्छन्
आफ्नो सपना सपना नै रहन दिन्छन्
नारी हुँ भन्दै गर्व गर्ने खोज्दा कर्म गर्न
विवाह भइ सक्दा आमा बन्ने सपना देखाइदिन्छन् !
आफ्नो सपना सपना नै रहन दिन्छन्
नारी हुँ भन्दै गर्व गर्ने खोज्दा कर्म गर्न बाध्य बनाइ दिन्छन् !!