८ कार्तिक २०८२ , शनिबार

पाँचखाल नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने

News
१८ असार, काठमाण्डौँ ।

पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ। नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब निःशुल्क रगत पाउने भएका हुन्।

“पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेका हौँ,” नगरप्रमुख महेश खरेलले भने। सम्झौता अनुसार रेडक्रसले निःशुल्क आवश्यक रगत उपलब्ध गराए बापत नगरले प्रतियुनिट रु. एक हजार ५० का दरले रकम प्रदान गर्नेछ।