८ जेष्ठ २०८२ , बिहीबार

बाँकेमा लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ

News
८ जेष्ठ, काठमाण्डौँ ।

बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–३ बस्ने २७ वर्षीय नारायण बि.क.ले चलाएको भे १० प ४७१६ नम्बरको मोटरसाइकलमा हेल्मेटभित्र लुकाई छिपाई ल्याएको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ (शुद्ध तौल ७१० मिलिग्राम) सहित उनलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले मोटरसाइकल पनि बरामद गरेको छ।