—-----
मेरो जीवनको कविता थिइन् मेरी प्रेमिका
मनका भावना सुनिदिन्थिन् मेरी प्रेमिका !!
सपना हुन्थ्यो सँगै बाँच्ने एउटा कथा
आशाका पानामा लेखिदिन्थिन् मेरी प्रेमिका !!
तर गरिबीको किनारामा रोकिन म परेँ
अभावका आँधीमा हराइदिइन् मेरी प्रेमिका !!
पैसाको सौन्दर्यमा तौलिन पुगिन् उनी
मनको गहिराइ बुझिनन् मेरी प्रेमिका !!
आज पनि सम्झन्छु मन बुझाउँछु चुपचाप
बिर्सिन नसकिने सम्झना बनिन् मेरी प्रेमिका !!