भोजपुरको सिक्रेटारमा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कानका बिरामीको संख्या बढ्दै गएपछि कान तथा अपाङ्गतासम्बन्धी शिविर सञ्चालन गरिएको हो । शिविरमा बिरामीको पहिचान, निःशुल्क उपचार र औषधि वितरण गरिएको छ ।
अरुण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रुपक मगरका अनुसार गाउँपालिकाका अन्य वडामा पनि यस्ता शिविर सञ्चालन भएका छन् । अरुण गाउँपालिका–७ का स्थानीय जगत श्रेष्ठले भौगोलिक विकटताका कारण स्वास्थ्य सेवा लिन नसकेकोमा शिविरले ठूलो राहत पुर्याएको बताए ।
वडाको समन्वयमा गोर्खा वायलफेर ट्रष्टले शिविर सञ्चालन गरेको हो । वडाले नागरिकको स्वास्थ्य बीमाबापत वार्षिक रु. ३,५०० मध्ये रु. २,५०० वडाले र बाँकी रु. १,००० नागरिक स्वयंले बेहोर्ने व्यवस्था मिलाएको छ ।