५ कार्तिक २०८२ , बुधबार

जैमिनी नगरपालिकाबाट नागरिक स्वास्थ्य उपचार कोष स्थापना

News
२० असार, काठमाण्डौँ ।

जैमिनी नगरपालिकाले रु एक अर्बको कोष बनाउने लक्ष्यका साथ ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ। कोषमा रु. ५० लाख दाखिला भएको छ।

कोषमा दाखिला भएको रकमको ब्याजबाट नगरपालिका क्षेत्रका बिरामीको उपचारमा खर्च गरिनेछ।

“दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पु¥याउने लक्ष्य छ। कोषमा रु एक अर्ब जम्मा भएमा नगरभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग पु¥याउन सकिन्छ। कोषमा पालिकाले हरेक वर्ष नीति तथा कार्यक्रममार्फत रकम थप्दै जाने नीति लिएको छ”, नगर प्रमुख नरबहादुर पुनले भने।

क्यान्सर, मुटु, मृगौलालगायत जटिल रोगको उपचारमा धेरै खर्च लाग्ने भएकाले कोषमा रु एक अर्ब पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए।