आइसिसी महिला टी –२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ।
थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनायो। युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन्। यस्तै तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाइन्।
बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले चार विकेट लिइन्। कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिइन्।