काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-४, भसन्थलीमा लागुऔषध गाँजाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले ४६ वर्षीया सन्जु तामाङको घर खानतलासी गर्दा कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ७ किलोग्राम ८०० ग्राम लागुऔषध गाँजा फेला पारेको थियो।
प्रहरीले गाँजासहित सन्जु तामाङलाई नियन्त्रणमा लिएर सम्मानित काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।