नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ७१ पैसा र बिक्री दर १३७ रुपैयाँ ३१ पैसा तोकिएको छ ।
युरोपियन युरोको खरिद दर १५५ रुपैयाँ ७८ पैसा र बिक्री दर १५६ रुपैयाँ ४६ पैसा रहेको छ । युके पाउण्ड स्टर्लिङको खरिद दर १८४ रुपैयाँ ९० पैसा र बिक्री दर १८५ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ भने स्वीस फ्रयाङ्कको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलरको खरिद दर ८८ रुपैयाँ ७६ पैसा र बिक्री दर ८९ रुपैयाँ १५ पैसा छ । क्यानेडियन डलरको खरिद दर ९९ रुपैयाँ ८४ पैसा र बिक्री दर १०० रुपैयाँ २८ पैसा तोकिएको छ भने सिङ्गापुर डलरको खरिद दर १०६ रुपैयाँ २ पैसा र बिक्री दर १०६ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४४ पैसा र बिक्री दर नौ रुपैयाँ ४८ पैसा तोकिएको छ । चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ २ पैसा र बिक्री दर १९ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा तथा कतारी रियालको खरिद दर ३७ रुपैयाँ ५२ पैसा र बिक्री दर ३७ रुपैयाँ ६८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाटको खरिद दर चार रुपैयाँ १७ पैसा र बिक्री दर चार रुपैयाँ १९ पैसा, युएई दिरामको खरिद दर ३७ रुपैयाँ २२ पैसा र बिक्री दर ३७ रुपैयाँ ३८ पैसा रहेको छ । मलेसियन रिङ्गेटको खरिद दर ३२ रुपैयाँ ३४ पैसा र बिक्री दर ३२ रुपैयाँ ४८ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ५ पैसा र बिक्री दर १० रुपैयाँ ९ पैसा रहेको छ भने स्वीडिस क्रोनरको खरिद दर १४ रुपैयाँ १७ पैसा र बिक्री दर १४ रुपैयाँ २४ पैसा तथा डेनिस क्रोनरको खरिद दर २० रुपैयाँ ८९ पैसा र बिक्री दर २० रुपैयाँ ९८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलरको खरिद दर १७ रुपैयाँ ४२ पैसा र बिक्री दर १७ रुपैयाँ ५० पैसा, कुवेती दिनारको खरिद दर ४४५ रुपैयाँ ४५ पैसा र बिक्री दर ४४७ रुपैयाँ ४१ पैसा निर्धारण गरेको छ । बहराइन दिनारको खरिद दर ३६२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६४ रुपैयाँ २२ पैसा तथा ओमनी रियालको खरिद दर ३५५ रुपैयाँ ७ पैसा र बिक्री दर ३५६ रुपैयाँ ६३ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दर आवश्यकता अनुसार जुनसुकै समयमा पनि परिवर्तन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिनेछ ।