२ असार २०८२ , सोमबार

लागुऔषधसहित दुई जना पक्राउ, ठूलो परिमाणमा ट्रामाडोल बरामद

News
१ असार, काठमाण्डौँ ।

काठमाडौं महानगरपालिका १४ कुलेश्वरबाट प्रहरीले लागुऔषधको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

मिति २०८२/०२/३० गते राति ९ बजे (२१:००) प्राप्त सूचनाका आधारमा कारबाही गर्दा कुलेश्वरस्थित फलफूल बजार नजिकै शङ्कास्पद अवस्थामा रोकिराखेको युपी ७८ सिबी ९८३५ नम्बर प्लेट भएको भारतीय सान्ट्रो कारबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको हो।

पक्राउ पर्नेहरू:

अनुसन्धानका क्रममा राजु मिजार यसअघि पनि लागुऔषध मुद्दामा संलग्न रहेको पाइएको छ। उनीविरुद्ध २०७८/०८/०३ मा लागु औषध नियन्त्रण ब्यूरो, २०८१/०३/०५ मा प्रहरी वृत्त जगाती भक्तपुर र २०८१/०४/०१ मा प्रहरी वृत्त थानकोट काठमाडौंबाट लागु औषध कसुरमा मुद्दा चलेको अभिलेख छ।

बरामद सामानहरू:

पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ११ दिनको म्याद थप गरिएको छ।