१७ कार्तिक २०८२ , सोमबार

आजकाे विदेशी मुद्राको विनिमय दर

News
१५ असार, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४७ पैसा र बिक्री दर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिद दर १५९ रुपैयाँ ९० पैसा र बिक्री दर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८७ रुपैयाँ ३९ पैसा र बिक्री दर १८८ रुपैयाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १७० रुपैयाँ ९० पैसा र बिक्री दर १७१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २० पैसा र बिक्री दर ८९ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ९७ पैसा र बिक्री दर १०० रुपैयाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०६ रुपैयाँ ९९ पैसा र बिक्री दर १०७ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४४ पैसा र बिक्री दर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ०३ पैसा र बिक्री दर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३९ पैसा र बिक्री दर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३४ पैसा र बिक्री दर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ १८ पैसा र बिक्री दर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ १६ पैसा र बिक्री दर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ २७ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०३ पैसा र बिक्री दर १० रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ४० पैसा र बिक्री दर १४ रुपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ४३ पैसा र बिक्री दर २१ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ३८ पैसा र बिक्री दर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिद दर ४४६ रुपैयाँ २२ पैसा र बिक्री दर ४४८ रुपैयाँ १८ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६३ रुपैयाँ ३४ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५६ रुपैयाँ ०१ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।