५ कार्तिक २०८२ , बुधबार

आजको विदेशी मुद्राको विनिमय दर

News
२० असार, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ २० पैसा र बिक्री दर १३६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिद दर १६० रुपैयाँ ६३ पैसा र बिक्री दर १६१ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८६ रुपैयाँ ०४ पैसा र बिक्री दर १८६ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १७१ रुपैयाँ ८२ पैसा र बिक्री दर १७२ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ६१ पैसा र बिक्री दर ९० रुपैयाँ, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ ३० पैसा र बिक्री दर १०० रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०७ रुपैयाँ र बिक्री दर १०७ रुपैयाँ ४७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४७ पैसा र बिक्री दर नौ रुपैयाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ०२ पैसा र बिक्री दर १९ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३७ पैसा र बिक्री दर ३७ रुपैयाँ ५३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ २१ पैसा र बिक्री दर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ०८ पैसा र बिक्री दर ३७ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ २५ पैसा र बिक्री दर ३२ रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ २८ पैसा र बिक्री दर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ५३ पैसा र बिक्री दर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ३५ पैसा र बिक्री दर १७ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिद दर ४४६ रुपैयाँ ३४ पैसा र बिक्री दर ४४८ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ३० पैसा र बिक्री दर ३६२ रुपैयाँ ८९ पैसा, ओमनी रियाल एकको खरिद दर ३५३ रुपैयाँ ७७ पैसा र बिक्री दर ३५५ रुपैयाँ ३२ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।