८ कार्तिक २०८२ , शनिबार

आजको विदेशी मुद्रा विनिमय दर

News
१८ असार, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ५४ पैसा र बिक्री दर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरोको खरिद दर १६१ रुपैयाँ २३ पैसा र बिक्री दर १६१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्टर्लिङको खरिद दर १८७ रुपैयाँ ९६ पैसा र बिक्री दर १८८ रुपैयाँ ७९ पैसा तथा स्वीस फ्र्याङ्कको खरिद दर १७३ रुपैयाँ ०७ पैसा र बिक्री दर १७३ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ८८ पैसा र बिक्री दर ९० रुपैयाँ २८ पैसा, क्यानेडियन डलरको खरिद दर १०० रुपैयाँ ३४ पैसा र बिक्री दर १०० रुपैयाँ ७८ पैसा तथा सिंगापुर डलरको खरिद दर १०७ रुपैयाँ ४२ पैसा र बिक्री दर १०७ रुपैयाँ ९० पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५५ पैसा र बिक्री दर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ०६ पैसा र बिक्री दर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा तथा कतारी रियालको खरिद दर ३७ रुपैयाँ ४६ पैसा र बिक्री दर ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाटको खरिद दर चार रुपैयाँ २१ पैसा र बिक्री दर चार रुपैयाँ २३ पैसा, युएई दिरामको खरिद दर ३७ रुपैयाँ १७ पैसा र बिक्री दर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३२ रुपैयाँ ५३ पैसा र बिक्री दर ३२ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०९ पैसा र बिक्री दर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनरको खरिद दर १४ रुपैयाँ ४७ पैसा र बिक्री दर १४ रुपैयाँ ५३ पैसा तथा डेनिस क्रोनरको खरिद दर २१ रुपैयाँ ६१ पैसा र बिक्री दर २१ रुपैयाँ ७० पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलरको खरिद दर १७ रुपैयाँ ३९ पैसा र बिक्री दर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनारको खरिद दर ४४७ रुपैयाँ ५३ पैसा र बिक्री दर ४४९ रुपैयाँ ५० पैसा, बहराइन दिनारको खरिद दर ३६२ रुपैयाँ १३ पैसा र बिक्री दर ३६३ रुपैयाँ ७२ पैसा, ओमनी रियालको खरिद दर ३५४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३५६ रुपैयाँ २० पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।