नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४७ पैसा र बिक्री दर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिद दर १५९ रुपैयाँ ९४ पैसा र बिक्री दर १६० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८७ रुपैयाँ १८ पैसा र बिक्री दर १८८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिद दर १७० रुपैयाँ ७९ पैसा र बिक्री दर १७१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १२ पैसा र बिक्री दर ८९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ७४ पैसा र बिक्री दर १०० रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०६ रुपैयाँ ९६ पैसा र बिक्री दर १०७ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४३ पैसा र बिक्री दर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ०३ पैसा र बिक्री दर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३९ पैसा र बिक्री दर ३६ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३४ पैसा र बिक्री दर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ १९ पैसा र बिक्री दर चार रुपैयाँ २१ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ १६ पैसा र बिक्री दर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ २७ पैसा र बिक्री दर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ३८ पैसा र बिक्री दर १४ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ४४ पैसा र बिक्री दर २१ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ३८ पैसा र बिक्री दर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिद दर ४४७ रुपैयाँ र बिक्री दर ४४८ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६३ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५६ रुपैयाँ ०१ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।