१९ जेष्ठ २०८२ , सोमबार

आजकाे विदेशी मुद्राको विनिमय दर निर्धारण

News
१५ जेष्ठ, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ २८ पैसा र बिक्री दर १३६ रुपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर १५४ रुपैयाँ ३२ पैसा र बिक्री दर १५५ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १८३ रुपैयाँ ७७ पैसा र बिक्री दर १८४ रुपैयाँ ५८ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १६४ रुपैयाँ ७२ पैसा र बिक्री दर १६५ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७४ पैसा र बिक्री दर ८८ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५६ पैसा र बिक्री दर ९८ रुपैयाँ नौ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०५ रुपैयाँ ८७ पैसा र बिक्री दर १०६ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४५ पैसा र बिक्री दर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ तीन पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ३९ पैसा र बिक्री दर ३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपैयाँ १७ पैसा र बिक्री दर चार रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ १० पैसा र बिक्री दर ३७ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ २६ पैसा र बिक्री दर ३२ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ९३ पैसा र बिक्री दर नौ रुपैयाँ ९७ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ १९ पैसा र बिक्री दर १४ रुपैयाँ २५ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपैयाँ ६९ पैसा र बिक्री दर २० रुपैयाँ ७९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ३९ पैसा र बिक्री दर १७ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिद दर ४४४ रुपैयाँ दुई पैसा र बिक्री दर ४४५ रुपैयाँ ९८ पैसा, बहराइन दिनार एकको खरिद दर ३६१ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६३ रुपैयाँ पाँच पैसा, ओमनी रियाल एकको खरिद दर ३५४ रुपैयाँ र बिक्री दर ३५५ रुपैयाँ ५६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।