६ जेष्ठ २०८२ , मंगलवार

टी-२० विश्वकप एसिया छनोट: थाइल्यान्डले नेपाललाई दियो १५९ रनको लक्ष्य

News
६ जेष्ठ, काठमाण्डौँ ।

आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई जितका लागि १५९ रनको लक्ष्य दिएको छ।

थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रनको योगफल बनायो। थाइल्यान्डका लागि नान्नापात कोन्चारोएनकाइले २८ बलमा आठ चौकाको मद्दतमा ५० रन बनाइन्। नटाया बुचथमले ४२ बलमा पाँच चौकाको मद्दतमा ५० रन नै बनाइन्। उसका लागि अपिसारा सुवान्चोराथीले २९ रन जोड्दा नथ्थकन चन्थमले १५ रन बनाइन्।

नेपालका लागि राजमति ऐरी र मनिषा उपाध्यायले समान एक/एक विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।