३ कार्तिक २०८२ , सोमबार

सुर्खेतमा ५ किलो ५४० ग्राम अफिमसहित एक जना पक्राउ

News
२७ असार, काठमाण्डौँ ।

सुर्खेत प्रहरीले लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। लागुऔषध (अफिम) ओसारपसार कारोबार हुनसक्ने विशेष सूचनाका आधारमा प्रहरीले निरन्तर निगरानी गरिरहेको थियो।

मिति २०८२ असार २५ गते साँझ साढे ६ बजे जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १० तालबारीबाट जिल्ला जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नं. १० सिर्पा बस्ने वर्ष ४६ को जय बहादुर बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारेको थियो। उनको शरीर खानतलासी गर्दा उनले बोकेको कालो झोलाभित्र लुकाई छिपाई राखेको अफिम जस्तो देखिने गिलो पदार्थ ५ किलो ५४० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बस्नेतलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा सम्मानित अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।