आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई २३४ रनको लक्ष्य दिएको छ।
दुवई क्रिकेट एकेडेमी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल तयार पार्यो।
नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै १०९ रनको शानदार शतक पूरा गरे। उनले पाँच चौका र दुई छक्काको मद्दतमा यो इनिङ खेलेका हुन्।
उनको शतकीय प्रदर्शनले नेपाललाई प्रतिस्पर्धात्मक स्कोर तयार पार्न सहयोग पुर्यायो।