ललितपुर प्रहरीले कोणवहालमा रहेको एक घरमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ।
प्रहरीले ललितपुर महानगरपालिका वडा नम्बर १६, कोणवहाल स्थित प्रेम महर्जनको घरको तेस्रो तल्लामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारेको थियो।
प्रहरीले प्रेम महर्जनसहित ११ जनालाई कौडा खेलिरहेको अवस्थामा फेला पारेको हो। प्रहरीले उनीहरुको साथबाट ५ लाख १९ हजार ९ सय रुपैयाँ बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुरका प्रेम महर्जन, ललितपुरका रबिन्द्र दहाल, शंखर माली, चौठीमुनी बज्राचार्य, खोटाङकी पुर्वा शेर्पा, दोलखाका कल्याण तामाङ, काभ्रेका केशव नेपाल, चितवनका विर बहादुर वाईवा, ललितपुरका दिलेक बज्राचार्य, काठमाडौंका गोकुल प्रसाद चौलागाई र लक्ष्मी सुब्बा रहेका छन्।