३ कार्तिक २०८२ , सोमबार

पोखरामा महिलाको सुनको सिक्री लुटेको आरोपमा काठमाडौं बाट दुई जना पक्राउ

News
२७ असार, काठमाण्डौँ ।

पोखरामा एक महिलाको सुनको सिक्री लुटेको आरोपमा दुई जनालाई काठमाडौंबाट पक्राउ गरिएको छ। २०८१ चैत २९ गते अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाले घाँटीमा लगाएको २ तोलाको सुनको सिक्री पोखरा महानगरपालिका वडा नं.१० शिवचोकमा पुग्दा चोरी भएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भई अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका-६ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ४ बस्ने वर्ष २८ को अन्जन तामाङ र काभ्रेपलाञ्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ४ बस्ने वर्ष ३२ को सुरेश तामाङलाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनीहरुलाई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।