प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला क्रिकेट खेलाडीलाई बधाई दिएका छन्।
सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले महिला टी–२० विश्वकपको एसिया छनोटमा पहिलो पटक ‘ग्लोबल’ छनोटमा प्रवेश गरेकोमा नेपाली महिला खेलाडीलाई बधाई दिएका हुन्।
“नेपाली छोरीहरुलाई बधाई, महिला क्रिकेटमा नेपाललाई ऐतिहासिक उपलब्धि । २०२६ महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल पहिलोपटक प्रवेश गरेको छ । नेपालका लागि गर्वको क्षण हो । हार्दिक बधाई तथा शुभकामना”, प्रधानमन्त्री ओलीले लेखेका छन्।
नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गरेको हो।