१६ असार २०८२ , सोमबार

बाँकेमा लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

News
१६ असार, काठमाण्डौँ ।

बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला बाँके नेपालगंज उपमहानगरपालिका-०२ बागेश्वरी मन्दिर नजिकबाट भारत, उत्तर प्रदेश, बहराइच, केवलपुर १३ बस्ने वर्ष २४ को मोहम्मद आरिफलाई शंका लागी चेकजाँच गर्दा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ शुद्ध तौल २० ग्राम ९२० मिलिग्राम फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।