१८ मंसिर २०८२ , बिहीबार

आगामी २४ घण्टाको मौसम पूर्वानुमान: पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

News
१९ कार्तिक, काठमाण्डौँ ।

जल तथा मौसम विज्ञान महाशाखाले आगामी २४ घण्टाका लागि देशभरको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ।

महाशाखाका अनुसार हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा बुधवार दिउँसो साधारणतया बदली रहनेछ। बाँकी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, आज राति पनि पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।