३ कार्तिक २०८२ , सोमबार

काठमाडौंमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ

News
२५ असार, काठमाण्डौँ ।

काठमाडौं महानगरपालिका-१४ ग्याङखेलबाट डेरा कोठा बाहिर पार्किङ गरी राखेको बागमती प्रदेश ०२-०५७ प ५९४६ नम्बरको पल्सर मोटरसाइकल चोरी भएको भन्ने निवेदन प्राप्त भएपछि प्रहरीले खोजतलास गरेको थियो।

खोजतलासका क्रममा उक्त मोटरसाइकल सहित चोरीमा संलग्न जिल्ला रौतहट, कडहरीया नगरपालिका १ बस्ने वर्ष ३० को संजिव कुमार कुसवाहलाई हिजो राती काठमाडौंको नागार्जुन नगरपालिका ९ स्थित सडक खण्डबाट नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार कुसवाह यसअघि २०८०/०६/२३ गते अभद्र व्यवहार कसूरमा मुद्दा दर्ता भइ धरौटीमा छुटेका व्यक्ति हुन्।