२०८२ असार १८ गते राति प्रहरीले लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। माछापुच्छ्रे गाउँपालिका वडा नं. ०८ लुम्प्रेमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका वडा नं. २५ हेम्जा बस्ने २१ वर्षीय योगेश रोका मगर र नवलपरासी गैडाकोट नगरपालिका वडा नं. ०८ बस्ने १८ वर्षीया साहारा सुनार रहेका छन्।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले लु.प्र.-०१-००६ प ०८३५ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा साहाराले बोकेको झोलामा २ किलो ५०० ग्राम गाँजा फेला पारेको थियो। उनीहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।