३ असार २०८२ , मंगलवार

जुम्लामा ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, चार घाइते

News
३ असार, काठमाण्डौँ ।

चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका अनुसार चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लु २ त १११५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्र्याक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेका छन्। प्रहरी निरीक्षक रसाइलीका अनुसार घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ र उनीहरूको अवस्था सामान्य छ।