लागु औषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६.५ किलोग्राम सेतो हेरोइन सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। थाई एयरवेजको उडान TG 309 मार्फत बैंककबाट काठमाडौं आएका भारतीय नागरिक राकेश वाहाबलाई लगेज भित्र लुकाएर ल्याएको अवस्थामा पक्राउ गरिएको हो।
यसैगरी, विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय रंगेली, मोरङको संयुक्त टोलीले मोरङ रंगेली नगरपालिका-८ बाट ४०० ग्राम खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतीय नागरिक हसिना खातुन, रंगेलीका सुशिल वुढाथोकी र कुर्तानन्द ठाकुर रहेका छन्। पक्राउ परेकाहरू उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ गर्ने क्रममा एक राउण्ड हवाई फायर समेत गरेको थियो।