१ असार २०८२ , आईतवार

नवनियुक्त गभर्नर पौडेलले लिए शपथ, प्रधानन्यायाधीश राउतले गराए शपथ ग्रहण

News
७ जेष्ठ, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा आज आयोजित एक समारोहमा डा. पौडेललाई शपथ ग्रहण गराएका हुन्।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।