१८ कार्तिक २०८२ , मंगलवार

आज सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

News
१६ बैशाख, काठमाण्डौँ ।

नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला रु एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु एक लाख ८८ हजार आठ सय कायम भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ७० कायम भएको छ। सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन रु तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।