वादी नेपाल सरकार प्रतिवादी जिल्ला धनकुटा, धनकुटा नगरपालिका ६ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका थापाथली बस्ने वर्ष ६६ को महेन्द्र नारायण श्रेष्ठ भएको बैंकिङ कसुर सम्बन्धी मुद्दामा सम्मानित ललितपुर जिल्ला अदालत, ललितपुरबाट मिति २०८१।०३।०७ गते बिगो बापत २ वर्ष कैद सजाय फैसला भइ फरार रहेका निज प्रतिवादीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१० गते काठमाडौंको कोटेश्वरबाट पक्राउ गरि फैसला कार्यान्वयनको लागि सम्मानित ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरमा उपस्थित गराइएको छ।
साथै, वादी नेपाल सरकार प्रतिवादी जिल्ला चितवन, रत्ननगर नगरपालिका ५ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २९ अनामनगर बस्ने वर्ष ३४ की सुरक्षा रेग्मी भएको लेनदेन मुद्दामा सम्मानित जिल्ला अदालत चितवनबाट मिति २०७९/८/२५ गते रु.१५,९०,०००।- (अक्षरेपि पन्ध्र लाख नब्बे हजार रुपैयाँ) जरिबाना भइ उक्त रकम नतिरि फरार रहेकोमा सम्मानित जिल्ला अदालत चितवनको मिति २०८२/३/८ गतेको पत्र बमोजिम बिगो रकम बापत २ वर्ष कैद सजाय तोकिएकोमा निज प्रतिवादीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले मिति २०८२/३/११ गते काठमाडौंको अनामनगरबाट पक्राउ गरी अनुसन्धान भइरहेको।