१ करोड ३२ लाख विगो भएको बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले १ करोड ३२ लाख विगो भएको बैंकिङ कसुर मुद्धामा सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलबाट मिति २०८२/०३/१८ गते पक्राउ पुर्जी प्राप्त भई आएका प्रतिवादीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला बारा, निजगढ नगरपालिका वडा नं. ०१ सिंगौल बस्ने अग्नी प्रसाद चौलागाईको छोरा अं. वर्ष ४३ को भरत चौलागाई रहेका छन्।
उनलाई निजगढ नगरपालिका वडा नं. ०१ सिंगौल स्थित गाँउघरबाट घुमफिर गरी रहेको अवस्थाबाट पक्राउ गरिएको हो। पक्राउ परेका चौलागाईलाई प्रहरी कर्मचारीको जिम्मा लगाई सिमरा एर्पोटबाट प्लेनद्वारा काठमाण्डौ प्रहरी परिसरमा बुझाइएको छ।