३ कार्तिक २०८२ , सोमबार

पोखरामा लागु औषध सहित एक जना पक्राउ

News
२५ असार, काठमाण्डौँ ।

कास्की प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं. १४ चाउथे स्थितमा लागु औषध कारोवार भई रहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिगएको प्रहरी टोलिले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ३२ घर भई हाल ऐ, १४ चाउथे बस्ने वर्ष ३२ को विकास न्यौपानेको घरकोठा खानतलासी गर्दा झोलामा लुकाई छिपाई राखेको लागू औषध ब्रुफिननुर्फिन-२६ एम्पुल, डाईजेपाम २६ एम्पुल र फेनेरागन- २६ एम्पुल गरी जम्मा ७८ एम्पुल र मोवाईल फोन १ थान बरामद भएको हुँदा निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका न्यौपानेलाई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।