१५ कार्तिक २०८२ , शनिबार

चितवनमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा ३३ जना घाइते, चालक पक्राउ

News
१४ कार्तिक, काठमाण्डौँ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार, गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ख ०१२३ नम्बरको डल्फिन बस र जनकपुरबाट काठमाडौँतर्फ आएको बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बस क्रमशः ना.६ख ८१३ नम्बरको ट्रकमा ठोक्किएका हुन्। दुर्घटना गएराति करिब १:४५ बजे भएको थियो।

बस पल्टिएर सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरी निरीक्षक सन्दिप भट्टको कमाण्डमा टोली पुगेको थियो। दुर्घटनापछि घाइतेहरूलाई चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुर्‍याइएको थियो।

घाइतेको अवस्था:

  • चितवन मेडिकल कलेज: १५ जना
  • नेशनल सिटी अस्पताल: १३ जना
  • भरतपुर अस्पताल: ५ जना

घाइतेमध्ये ८ जनाको अवस्था मध्यम, बाँकी २५ जनाको अवस्था सामान्य रहेको छ। घाइतेहरूमा उदयपुर, धनुषा, रौतहट, महोत्तरी र भारत मोतिहारीका नागरिकहरू छन्।

बस चालक पक्राउ:

रुद्राक्ष बसका चालक कृष्ण मण्डल (४३, धनुषा) लाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ। दुर्घटनाको थप अनुसन्धान जारी छ।