३ कार्तिक २०८२ , सोमबार

काठमाडौंको बौद्धबाट श्रोत नखुलेको एक करोड ४४ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

News
२५ असार, काठमाण्डौँ ।

काठमाडौंको बौद्ध नयाँ बस्तीबाट श्रोत नखुलेको एक करोड ४४ लाख रुपैयाँसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा छापा मारेर काठमाडौं महानगरपालिका ६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिइ बस्ने चिनियाँ नागरिक WANG JIAN लाई उक्त रकम सहित पक्राउ गरेको हो।

स्वयम्भू बस्ने ४० वर्षीय WANG JIAN को साथमा रहेको पासपोर्ट नं. EG2216171 पनि बरामद गरिएको छ। श्रोत नखुलेको उक्त रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।