प्रधानसेनापति अशोकराज सिग्देलले यस वर्षको 'प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२' का विजयी क्लब र खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गरेका छन्।
जङ्गीअड्डा परिसरमा वैशाख २१ गतेदेखि सञ्चालित प्रतियोगितामा क्लबतर्फ त्रिभुवन आर्मी क्लब प्रथम, काठमाडौँ लन टेनिस एशोसिएसन द्वितीय र नेपाल टेनिस एशोसिएसन तृतीय भएका छन्।
प्रतियोगितामा महिला व्यक्तिगततर्फ सिभाली गुरुङ प्रथम, स्वस्तिका विष्ट दोस्रो तथा सुनिरा थापा र प्रकृति श्रेष्ठ तेस्रो भएका छन्। पुरुषतर्फ प्रदीप खड्का प्रथम, आरभसम्राट हाडा दोस्रो तथा निशान श्रेष्ठ र प्रणव मानन्धर तेस्रो भएका छन्।
खुला तथा भेट्रान्सतर्फ १२ विधामा खेल भएका थिए। प्रतियोगितामा नौ क्लबका १५ महिलासहित १९६ जना सहभागी थिए। नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना भएको थियो।