२१ लाख रुपैयाँ बिगो रकम भएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीले काठमाडौं महानगरपालिका-२२ घर भई हाल काठमाडौं महानगरपालिका-१३ छाउनी बस्ने ५२ वर्षीय प्रणवलाल सिंहलाई पक्राउ गरेको हो।
वादी नेपाल सरकार र प्रतिवादी प्रणवलाल सिंह भएको मुद्दामा सिंहलाई २१ लाख रुपैयाँ बिगो र २ वर्ष कैद सजाय तोकिएको थियो।
प्रणवलाल सिंहलाई खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरिएको र फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।