गुजरातमा एयर इन्डियाको विमान (VT-ANB), उडान संख्या AI171, अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ। विमान एक अस्पतालको बाहिरी पर्खालमा ठोक्किएको थियो।
प्राप्त जानकारी अनुसार, विमान डाक्टरहरू बस्ने होस्टलमा ठोक्किएको थियो, जसका कारण कम्तीमा १५ जना डाक्टर घाइते भएका छन्।
घटनामा कैयौं यात्रुको मृत्यु भएको आशंका गरिएको छ। ज्यान गुमाउनेमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि हुन सक्ने बताइएको छ।
दुर्घटनाग्रस्त विमान एयर इन्डियाको यात्रुवाहक बोइङ ७८७ ड्रिमलाइनर थियो, जसमा ३०० यात्रु अट्ने क्षमता थियो। विमान लन्डनको लामो यात्राका लागि उडेकोले त्यसमा ठूलो मात्रामा इन्धन रहेको थियो। उद्धार कार्य जारी छ र घटनाको विस्तृत विवरण आउन बाँकी छ।