काठमाडौं महानगरपालिका-१ सेतोढोकामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७१ हजार २ सय ६५ रुपैयाँ नगदसहित ९ जनालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा छापा मारेको थियो । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-४ का चेन्जे शेर्पा, मुस्ताङ थासाङ गाउँपालिका-६ कि सर्मिला गौचन, काभ्रेपलान्चोक बनेपा नगरपालिका-१ का यज्ञ कुमार श्रेष्ठ, नुवाकोट दुप्चेश्वर नगरपालिका-१ का कृष्ण तामाङ, मकवानपुर थाहा नगरपालिका-८ कि निरमाया तामाङ, भोजपुर साल्पासिलिछो गाउँपालिका-५ का रमेश राई, तनहुँ बन्दिपुर गाउँपालिका-४ कि रुपा गुरुङ, खोटाङ हलेसी नगरपालिका-५ का रुपेन्द्र कुमार राई र म्याग्दी रघुगंगा नगरपालिका-२ कि सिमा शाहि रहेका छन् ।
उनीहरूको साथबाट तास बुक ८ थान र मोबाइल ११ थान बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।