१७ असार २०८२ , मंगलवार

आजको विदेशी मुद्रा विनिमय दर

News
१७ असार, काठमाण्डौँ ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ९२ पैसा र बिक्री दर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ।

यसैगरी, युरोपियन युरोको खरिद दर १६० रुपैयाँ ५९ पैसा र बिक्री दर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङको खरिद दर १८७ रुपैयाँ ७२ पैसा र बिक्री दर १८८ रुपैयाँ ५५ पैसा तथा स्वीस फ्र्याङ्कको खरिद दर १७१ रुपैयाँ ८४ पैसा र बिक्री दर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ४६ पैसा र बिक्री दर ८९ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलरको खरिद दर १०० रुपैयाँ १५ पैसा र बिक्री दर १०० रुपैयाँ ५९ पैसा तथा सिंगापुर डलरको खरिद दर १०७ रुपैयाँ ४६ पैसा र बिक्री दर १०७ रुपैयाँ ९३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४९ पैसा र बिक्री दर नौ रुपैयाँ ५३ पैसा, चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ११ पैसा र बिक्री दर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा तथा कतारी रियालको खरिद दर ३७ रुपैयाँ ५७ पैसा र बिक्री दर ३७ रुपैयाँ ७३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाटको खरिद दर चार रुपैयाँ २१ पैसा र बिक्री दर चार रुपैयाँ २३ पैसा, युएई दिरामको खरिद दर ३७ रुपैयाँ २८ पैसा र बिक्री दर ३७ रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेटको खरिद दर ३२ रुपैयाँ ५१ पैसा र बिक्री दर ३२ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १० पैसा र बिक्री दर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनरको खरिद दर १४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४ रुपैयाँ ४९ पैसा तथा डेनिस क्रोनरको खरिद दर २१ रुपैयाँ ५२ पैसा र बिक्री दर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलरको खरिद दर १७ रुपैयाँ ४४ पैसा र बिक्री दर १७ रुपैयाँ ५२ पैसा, कुवेती दिनारको खरिद दर ४४७ रुपैयाँ ८५ पैसा र बिक्री दर ४४९ रुपैयाँ ८१ पैसा, बहराइन दिनारको खरिद दर ३६२ रुपैयाँ ९२ पैसा र बिक्री दर ३६४ रुपैयाँ ५१ पैसा, ओमनी रियालको खरिद दर ३५५ रुपैयाँ ६२ पैसा र बिक्री दर ३५७ रुपैयाँ १८ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बताइएको छ।